काठमाडौं । सुरक्षा कमजोरीका कारण चार दिनदेखि बन्द रहेका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आउन थालेका छन् ।

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि सरकारी तथा सार्वजनिक निकायका अनलाइन सेवा बन्द गरिएका थिए ।

यसका कारण नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका प्रमुख सरकारी तथा वित्तीय निकायका वेबसाइटहरू प्रभावित भएका थिए ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच जडान र आवश्यक परीक्षण पूरा भएपछि अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सामान्य अवस्थामा फर्किएका छन् । बाँकी सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

पीएचपी वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो । यसमा देखिएको सुरक्षा समस्यालाई समाधान गर्न प्रणाली अपग्रेड गर्नुपर्ने भएपछि सम्बन्धित निकायका वेबसाइट तथा अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर