सत्य सरोबर संवाददाता

बारा । बाराको शक्तिपिठ मध्ये एक रहेको शक्ति पिठ  करैयामाई गाउँपालिकामा अवस्थित करैयामाई मन्दिरमा रहेको श्री राजदेवी माई मन्दिरमा  गजुर स्थापना गरिएको छ ।

समाजको धार्मिक आस्था, विश्वास, शान्ति र एकताको धरोहरका रूपमा रहेको करैयामाई मन्दिरमा स्थानीयवासीको सहयोग र साथमा गजुर स्थापना गरिएको हो ।

स्थानीयवासीको सहभागिता र सहयोगमा सम्पन्न गजुर स्थापनाले मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्नुका साथै स्थानीय धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै हरेक वर्ष मेला लाग्ने गर्दछ । माताले भाकल पुरा गर्ने विश्वास समेत रहेकाले मेलामा बलि समेत दिने चलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर