बारा । बाराको फेटा गाउँपालिकाले खैरातीमाई मेलाको अवसरमा एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिका वडा नम्बर १ स्थित त्रिवेणीमा पूर्णिमा व्रतको स्नान समापनको अवसरमा खैरातीमाई मेला लाग्ने भएकाले गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ मंसिर ८ गते मंगलबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा एक दिनका लागि स्थानीय बिदा दिइएको छ ।
गाउँपालिकाले सम्बन्धित सबै कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूलाई उक्त निर्णयबारे जानकारी गराउँदै सोहीअनुसार बिदा कार्यान्वयन गर्न सूचनामार्फत अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष रूस्तम अंसारीको हस्ताक्षरसहित जारी सूचनामा खेरातीमाई मेलाको अवसरलाई मध्यनजर गर्दै स्थानीय बिदा दिने निर्णय गरिएको उल्लेख छ ।





