सुनसरी । सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोला किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।

इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार घटनापछि एम्बुलेन्स चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर