वि. के. चौधरी

बारा । जिल्ला प्रहरी कार्यालय बाराको नेतृत्व परिवर्तन हुने भएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएपछि उनको स्थानमा प्रहरी उपरीक्षक कुमार विक्रम थापा आउने भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले मंसिर ८ गते गरेको सरुवा तथा काजसम्बन्धी निर्णयअनुसार कुँवरसहित देशभरका ६० जना प्रहरी उपरीक्षकको जिम्मेवारी हेरफेर गरिएको हो।

उक्त निर्णयले बाराको प्रहरी नेतृत्वमा नयाँ अनुहार भित्र्याउने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखका रूपमा कार्यरत एसपी कुँवरलाई कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर, सुर्खेतमा सरुवा गरिएको छ। उनको ठाउँमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्ज, काठमाडौंमा कार्यरत एसपी थापालाई बाराको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर