मकवानपुर ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक आज शुक्रबार एक दिनका लागि बन्द गरेको छ ।

भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डीमा रहेको त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा हरिबोधिनी एकादशीको अवसरमा मेला तथा जात्रा आयोजना हुने भएकाले उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

मन्दिर क्षेत्रमा लाग्ने मेला तथा जात्रामा भक्तजनको चाप बढ्ने र आवतजावतमा सहजता कायम गर्न सडक बन्द गर्ने निर्णय गरिएको हो ।

प्रशासनका अनुसार उक्त सडक हुँदै काठमाडौं तथा हेटौंडा आवतजावत गर्ने सार्वजनिक सवारीसाधनले आज एक दिन वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गर्नुपर्नेछ ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई सडक बन्दसम्बन्धी निर्णयको पालना गर्न र वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर