वीरगन्ज । वीरगन्ज कारागारमा यस वर्ष २० जना कैदीबन्दीले छठ पर्व मनाउने भएका छन्। विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन्।

कारागारका निमित्त जेलर देवनाथ साहका अनुसार कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाइएको हो। पुरुष र महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिएको उनले बताए।

कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक धार्मिक विधिअनुसार छठ पर्व मनाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको साहले जानकारी दिए। यद्यपि, कारागारमा छठ मनाउने कैदीबन्दीलाई सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराउँदैन।

यसैबीच, रुङ्टा वेलफेयर सोसाइटीले छठ पर्व मनाउन लागेका कैदीबन्दीलाई आवश्यक सामग्री सहयोग गरेको छ। संस्थाले उनीहरूलाई छठ पूजाका लागि पिठो र सारी उपलब्ध गराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर