वि.के. चौधरी

वीरगन्ज । पर्साको वीरगन्जस्थित कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन्। फरार हुनेमा पोखरिया नगरपालिका–४, सतरियाका ३० वर्षीय सुनिल साह तुरहा रहेका छन्। कारागारमा कैद भुक्तान गरिरहेका उनी बिहीबार बिहान ८ः४० बजे फरार भएको प्रहरीले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक जना कैदी फरार भएको पुष्टि गरेका छन्। उनका अनुसार कैदी फरार भएको सूचना प्राप्त भएपछि घटनाबारे खोजी तथा अनुसन्धान सुरु गरिएको छ।

कैदी कसरी र कुन परिस्थितिमा कारागारबाट फरार भए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर