वीरगन्ज ।  पर्साका खोलाहरूबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरी चोरी निकासी गर्ने गतिविधिविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ। यसैक्रममा प्रहरीले दुईवटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।

पटेर्वासुगौली गाउँपालिका–५ स्थित भलुवाही खोला र वडा नम्बर २ स्थित जमुनिया खोलाबाट बुधबार बिहान अवैधरूपमा बालुवा उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले प्र.२–०३–००१ त २४११ र प्र.२–०३–००१ त १५७८ नम्बरका दुईवटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि पटेर्वासुगौली गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर