वि. के. चौधरी

बारा । बाराको कोल्हबी नगरपालिका–९, टोल बिर्तास्थित बारा–रौतहट सीमा क्षेत्रमा पर्ने अरुवा खोलाको छेउमा करिब ६ महिनाको भ्रूण फेला परेको छ। स्थानीयका अनुसार गर्भपतन गराइएको जस्तो देखिने अवस्थामा भ्रूण लावारिस अवस्थामा फालिएको भेटिएको हो।

घटनापछि स्थानीय क्षेत्रमा चासो र चिन्ता बढेको छ। भ्रूण कसले र किन त्यहाँ फालेको भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ । घटनाबारे जिल्ला जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय कोल्हवीले अनुसंधान गरिरहेका छ । साथै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाईएको बारे ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बुद्धिमान चोङमाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर