बारा । बाराका पत्रकार शिवशंकर मिश्र साइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । स्वतन्त्र पत्रकार संघ बाराका अध्यक्ष, नेपाल प्रेस युनियन बाराका नेता तथा गोरखापत्रमा समेत कार्यरत मिश्र आफ्नै गाउँ महागढीमाई नगरपालिका–१० मा साइकल दुर्घटनामा पर्नुभएको हो।
साइकल अनियन्त्रित भई दुर्घटना हुँदा उहाँ गम्भीर घाइते हुनुभएको नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेयले जानकारी दिनुभयो। घाइते मिश्रलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयरमा लगिएको छ ।





