बर्दिया । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार हिजो दिउँसो करिब १ बजे घरमै वनमौरीले टोकेपछि थारु बेहोस भएका थिए । उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल पुर्याइएकोमा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँच वटा घार रहेका थिए ।





