वि. के . चौधरी

वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एसोसिएसनले जिल्ला न्यायाधीश नवीन जोशीको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ।

बार एसोसिएसनको बृहत् बैठकले आजदेखि न्यायाधीश जोशीको इजलासमा कुनै पनि मुद्दामा बहस तथा पैरवी नगर्ने निर्णय गरेको हो।

न्यायाधीश जोशीले न्यायका उपभोक्ताले कानुनबमोजिम पाउने सुविधा उपयोग गर्न नदिएको र कानुन व्यवसायीप्रति सम्मानजनक व्यवहार नगरेको आरोप बारले लगाएको छ।

न्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कारको निर्णय गरिएको बार एसोसिएसनकी सचिव प्रतिमा चौरसियाले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर