बारा । बाराको कोल्हवी नगरपालिका–२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, २०८३ कात्तिक ८ गते दिउँसो करिब ३ः२५ बजे खेतको डिलमा अचेत अवस्थामा एक पुरुष रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले करिब ६० देखि ६२ वर्ष उमेरका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो । उपचारकै क्रममा सोही दिन साँझ ५ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । उनको शव प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको प्रहरीले जानकारी दिएको छ । मृतकलाई चिन्नुहुने व्यक्ति वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर