वि. के . चौधरी

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको गण्डकस्थित कलार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा छापा मारेर चार जना नेपाली नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको जनाएको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का ५० वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद र रौतहटको बौधिमाई नगरपालिका–९ का सुमेश्वर जैसवाल रहेका छन् ।

यस्तै, प्रहरीले क्यासिनोका कर्मचारी तथा बाराको परवानीपुर गाउँपालिकाका सुनिल पटेललाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार छापा मार्ने क्रममा पक्राउ परेकाहरूको साथबाट नगद, क्यासिनोका क्वाइन, मोबाइल फोनलगायतका सामग्री बरामद गरिएको छ । यसअघि पनि उक्त क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नेपाली नागरिक पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर