राजविराज । कोशी ब्यारेज निर्माण र नदी कटानबाट जग्गा गुमाएका हजारौँ नेपाली किसानले ६४ वर्ष बितिसक्दा पनि भारतबाट मुआब्जा पाउन सकेका छैनन्।
कोशी पीडित संघर्ष समितिका अनुसार सप्तरी, सुनसरी र उदयपुरका करिब ७ हजार परिवारको २५ हजार ३ सय ९ बिघाभन्दा बढी जग्गाको मुआब्जा तथा क्षतिपूर्ति अझै बाँकी छ।
नेपाल–भारतबीच भएको कोशी सम्झौतामा क्षतिग्रस्त जग्गाको मुआब्जा भारत सरकारले उपलब्ध गराउने व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको छैन। तीन वर्षअघि मुआब्जा दिने सहमति भए पनि पीडितले अहिलेसम्म रकम पाउन सकेका छैनन्।
तीन पुस्तादेखि मुआब्जाका लागि संघर्ष गर्दै आएका पीडितले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आफ्नो समस्या कूटनीतिक पहलबाट समाधान गर्न माग गरेका छन्।





