काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। स्वदेश फर्किएलगत्तै उनले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन्।

दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण मानिएको यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँग विभिन्न विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर