काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी तथा भ्रमणका क्रममा उठाइने महत्वपूर्ण विषयवस्तुबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाइने एजेण्डा, दुई देशबीचको आपसी सम्बन्ध तथा भ्रमणलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा छलफल गर्ने तथा दुई देशबीचको सहकार्यलाई अघि बढाउने विषय प्राथमिकतामा पर्न सक्ने बताइएको छ ।

यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र त्यससँग सम्बन्धित विषयमा जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर