बारा । बाराको देवताल गाउँपालिकाले स्थानीय किसानलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने तथा माटोको उर्वराशक्ति कायम राख्ने उद्देश्यले ८५ प्रतिशत अनुदानमा प्राङ्गारिक तथा जैविक मल वितरण गरेको छ।

गाउँपालिकाभित्रका किसानलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत किसानलाई सहुलियत दरमा प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराइएको हो। कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगलाई क्रमशः कम गर्दै प्राङ्गारिक तथा जैविक मलको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकाले अनुदानमा मल वितरण गरेको जनाएको छ।

देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले बुधबार किसानलाई उक्त मल वितरण गरेका हुन्। गाउँपालिकाले किसानको आर्थिक भार कम गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

प्राङ्गारिक तथा जैविक मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्न, माटोको प्राकृतिक उर्वराशक्ति जोगाउन तथा दीर्घकालीन रूपमा दिगो कृषि प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

किसानलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र आधुनिक तथा वातावरणमैत्री खेती प्रणालीतर्फ आकर्षित गर्ने लक्ष्यसहित गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर