काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सवारीसाधन दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्राप्त जानकारीअनुसार आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका बेला गाडीमा चालकसहित १५ जना सवार रहेको बताइएको छ ।
दुर्घटनामा १० जनाको घटनास्थलमै वा उपचारका क्रममा मृत्यु भएको र पाँच जना घाइते भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।





