काठमाण्डौँ । भारतको असम राज्यको गुवाहाटी नजिक बुधबार बिहान कोलकाता–सैराङ एक्सप्रेस रेल दुर्घटनामा परेको छ। दुर्घटनामा रेलको इन्जिनसहित सातवटा युनिट पटरीबाट खसेका छन्।
डिगारू रेलवे स्टेसन नजिक बिहान करिब ६ः५४ बजे दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मिजोरमको सैराङबाट कोलकातातर्फ गइरहेको रेल दुर्घटनामा पर्दा केही यात्रु घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाएलगत्तै रेलवेका उद्धार तथा प्राविधिक टोली घटनास्थल पुगेका थिए। पूर्वोत्तर सीमावर्ती रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिन्जल किशोर शर्माले दुर्घटनाको पुष्टि गरेका छन्।





