काठमाण्डौ । तिहार नजिकिँदै गर्दा भाइमसलाको मूल्य बढेपछि यस वर्ष अपेक्षाअनुसार व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् ।
विगतका वर्षमा तिहारका बेला राम्रो कारोबार हुने भाइमसलाको बिक्री यस पटक भने घटेको व्यवसायीको भनाइ छ । विशेषगरी पिस्ता र बदामको मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमतामा असर परेको हो ।
भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार मूल्यवृद्धिका कारण ग्राहकले पहिलेको तुलनामा कम परिमाणमा भाइमसला खरिद गर्न थालेका छन् । विगतमा एक किलो भाइमसला किन्ने ग्राहकले यस वर्ष आधा किलो मात्रै किनेका छन् भने आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राममा चित्त बुझाउन थालेका छन् ।





