काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

तीन खेलबाट दुई जित र एक खेलमा नतिजा नआउँदा ५ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। चार खेल खेलेको जनकपुरले दुई जित र दुई हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा रहेर खेल्दैछ।

आजै हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।

चार खेलबाट दुई जित र दुई हार बेहोरेको विराटनगर नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। यता, दुई खेल खेलेको काठमाडौंले एक जित र एक हारसहित २ अंक जोडेर सातौँ स्थानमा छ।

तेस्रो संस्करणको एनपीएलमा सहभागी आठवटै टोलीले कम्तीमा दुई खेल खेलिसकेका छन्। लगातार तीन खेलमा पराजित पोखरा एभेन्जर्स अंक तालिकाको अन्तिम स्थानमा छ। आठ टोली सहभागी प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर