काठमाडौं । सरकारले जाडोयामको समयतालिका लागू गरेसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार अब सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए। नयाँ समयतालिका कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ।





