काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।

जनकपुर बोल्ट्सले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो। तर, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै टोलीले पहिलो जित दर्ता गरेको थियो।

यता, पोखरा एभेन्जर्सले भने प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो। त्यसैले आजको खेलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ।

हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ स्थानमा रहँदा पोखरा अन्तिम स्थानमा छ।

आजको खेल जनकपुरका लागि जितको लय कायम राख्ने अवसर हुनेछ भने पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने चुनौतीपूर्ण मौका हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर