काठमाडौँ । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्डले वेस्ट इन्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय क्रिकेटमा ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन् ।

फ्रेन्चाइज क्रिकेटमा समेत अनुभवी रदरफोर्डले क्यारेबियन प्रिमियर लिग (सीपीएल), इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग र लंका प्रिमियर लिगजस्ता प्रतियोगितामा खेलिसकेका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको अनुबन्धले टोलीको ब्याटिङलाई थप मजबुत बनाउनुका साथै अलराउन्डर क्षमतामा समेत वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर