काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ।

हरेक वर्ष वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँ बिदाका कारण पछाडि सारिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

महाशाखाले निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर